जन आकाश
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
श्रेष्ठलाई प्रहरीले यसअघि पक्राउ गरेको थियो। अदालतले अनुसन्धानका लागि उनलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सर्वोच्च अदालतको आदेशअनुसार श्रेष्ठलाई बिहान १० बजे जफत गरिएका सामग्रीसहित सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने थियो। तर प्रहरीले उनलाई पहिले जिल्ला अदालत काठमाडौंमा लगेर अनुसन्धानका लागि म्याद थप गराएको हो।
जिल्ला अदालतबाट म्याद थप भएपछि प्रहरीले श्रेष्ठलाई बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दामा उपस्थित गराउन सर्वोच्च अदालत लगेको छ।
अब सर्वोच्च अदालतले श्रेष्ठको थुना कानुनसम्मत भए–नभएको तथा थुनामा राख्नुको औचित्यबारे सुनुवाइ गरी आवश्यक आदेश दिनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend