logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्रधानमन्त्री शाहले भारतीय स्थल सेनाध्यक्ष सेठ भेट्ने


  • जन आकाश
  • मंगलबार, भाद्र २ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई भेट्ने भएका छन्। मंगलबार दिउँसो रक्षा मन्त्री समेत रहेका शाहले सेठलाई भेट्ने तयारी भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। चार दिने भ्रमणमा आएका सेठ यो भेट पछि बुधबार भारत फर्किनेछन्।



सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए।

नेपाल,भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। सोमबार नै सेनाध्यक्ष सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको सैनिक स्मारकमा पुष्प गुच्छा चढाएर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

उनलाई जंगी अड्डामा सम्मान गारत समेत दिइएको थियो। त्यसपछि उनले जंगी अड्डाको प्रांगणमा वृक्षारोपण समेत गरी नेपाली सेनालाई स्वास्थ्य सामग्री सहायताको रूपमा प्रदान गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend