जन आकाश
काठमाडौं । नेपालमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ।
ग्यास अभाव समाधानमा बालेन शाह नेतृत्वको सरकार उदासीन बनेको आरोप लगाउँदै नेविसंघले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘बालेन सरकार, ग्यास समस्या समाधानमा किन यति ढिलो?’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
देशभर उपभोक्ता ग्यासका लागि घण्टौँसम्म लाइनमा बस्न बाध्य भइरहेका बेला पनि सरकारले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न नसकेको विद्यार्थीहरूको आरोप छ।
नेविसंघले बजारमा भइरहेको कालोबजारी तथा कृत्रिम अभाव तत्काल नियन्त्रण गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
विद्यार्थी नेताहरूले ग्यासको आपूर्ति तत्काल सहज बनाउन ठोस पहल नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।
नेविसंघले ग्यासजस्तो अत्यावश्यक वस्तुको अभावका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै सरकारलाई तत्काल आपूर्ति व्यवस्थापनमा ध्यान दिन आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend