जन आकाश
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभामा थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेकी हुन्।
नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने र राष्ट्रपतिबाट प्रधानमन्त्रीमार्फत संघीय संसद्मा पेस गर्ने व्यवस्था छ।
सोही संवैधानिक व्यवस्थाअनुसार मन्त्री गौतमले थारू समुदायको उत्थान, हकहित संरक्षण तथा आयोगले वर्षभरि गरेका कामकारबाही र गतिविधि समेटिएको प्रतिवेदन संसद्मा टेबुल गरेकी हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend