जन आकाश
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरोक्स प्रालिले नेपालमा म्याक्सस ई–टेरेन पिकअप ट्रकको बुकिङ ४४ वटा पुगेको जनाएको छ।
नाइमा मोबिलिटी एक्सपोका क्रममा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ भएको कम्पनीले जनाएको हो। बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट भर्सन र ८ वटा प्रिमियम भर्सन रहेका छन्।
कम्पनीले करिब तीन साताअघि मात्र नेपाली बजारमा सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो। नाइमा मोबिलिटी एक्सपोका क्रममा कम्पनीले यसमा २ लाख रुपैयाँ छुट उपलब्ध गराएको थियो। त्यस्तै, १ करोड २८ लाख रुपैयाँ मूल्य रहेको प्रिमियम भर्सनमा ५ लाख रुपैयाँ छुट दिइएको थियो।
कम्पनीका अनुसार उक्त छुट सुविधा नाइमा मोबिलिटी एक्सपो अवधिका लागि मात्रै तय गरिएको थियो। तर, एक्सपोपछि पनि केही दिन अफरलाई निरन्तरता दिन ग्राहकहरूले आग्रह गरेपछि भदौ १५ गतेसम्म छुट सुविधा कायम राखिएको हो।
छुट सुविधामा म्याक्सस ई–टेरेन खरिद गर्न इच्छुक ग्राहकले काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा गएर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।
परिवार र व्यवसायका लागि एउटै सवारी भन्ने नारासहित बिक्री सुरु गरिएको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा नियमित यात्रा गर्नुपर्ने व्यक्ति तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यो पिकअपलाई रुचाएको बताइएको छ।
आक्रामक डिजाइन, सुविधा सम्पन्न कारमा पाइने विभिन्न फिचर तथा व्यावसायिक र निजी दुवै प्रयोजनमा उपयोगी भएकाले म्याक्सस ई–टेरेनप्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ।
उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् आयोजनाका क्षेत्रमा काम गर्ने व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी र किफायती हुने कम्पनीले जनाएको छ।
म्याक्सस पिकअप चीनको प्रतिष्ठित SAIC अन्तर्गतको MAXUS कम्पनीले उत्पादन गरेको हो। गुणस्तरीय उत्पादनसँगै नेपालमा हिमालय मोटरोक्सले बिक्रीपछिको सेवाका लागि स्पेयर पार्ट्स तथा सर्भिस सुविधा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। बिक्रीपछिको सेवा र मर्मतसम्भारमा कम्पनीले दिएको प्राथमिकताले समेत ग्राहकको विश्वास बढेको कम्पनीको दाबी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend