जन आकाश
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ।
भदौ ४ देखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफूले प्रयोग गरिरहेको जुनसुकै ब्रान्डको पुरानो गाडी दिएर हालै नेपाली बजारमा सार्वजनिक गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा प्रयोग गरी टाटा मोटर्सका नयाँ गाडी खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
कार्निभल अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकलाई विभिन्न विशेष सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ। ग्राहकले उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज तथा निःशुल्क होम चार्जिङ जडान सुविधा पाउनेछन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो। नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
अत्याधुनिक ‘Acti.ev’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालका सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा करिब ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
पन्च ईभीमा १९५ मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स, ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसजस्ता सुविधा छन्।
दैनिक आवतजावतलाई सहज र सुविधाजनक बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ तथा विभिन्न आधुनिक सुविधा थप गरिएको छ।
यसमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम तथा ६ वटा एयरब्यागजस्ता सुरक्षा र प्रविधिसम्बन्धी सुविधा उपलब्ध छन्।
सिप्रदी ट्रेडिङका अनुसार टाटा कार्निभल ग्राहकलाई पुरानो गाडी सहज रूपमा एक्सचेन्ज गरी नयाँ विद्युतीय सवारीमा अपग्रेड गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend