logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ।



महाअभियानले अघि सारेका विभिन्न माग सम्बोधन गर्ने विषयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र महाअभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो।

सरकारले भदौ १ गते सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।

सरकारको आह्वानपछि महाअभियानका तर्फबाट केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेका छन्।

दुवै पक्षले वार्ता टोली गठन गरी औपचारिक संवादका लागि प्रतिनिधि पठाएपछि आजदेखि वार्ता प्रक्रिया अगाडि बढेको हो।

महाअभियानले उठाएका माग, त्यसको समाधानका उपाय तथा सरकारबाट गर्न सकिने पहलका विषयमा वार्तामार्फत सहमति जुटाउने प्रयास गरिने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend