logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

झापामा ५२८ ग्राम गाँजासहित महिला पक्राउ


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका–६, स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।



पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगीकी ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवालेका अनुसार महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि बुधबार राति प्रहरीले उनको घरमा जाँच गरेको थियो।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी जवान मनिष धिमाल र अस्थायी प्रहरी चौकी बुट्टाबारीका प्रहरी सहायक निरीक्षक नवराज आचार्यको संयुक्त टोलीले राति करिब ८ः५० बजे महतोको घरमा जाँच गरेको थियो। त्यसक्रममा घरको कोठाभित्र लुकाइछिपाइ राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थलाई मान्यताप्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिक हटाउँदा ५२८ ग्राम रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद लागूऔषधसहित महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवालेले जानकारी दिए। झापामा पछिल्लो समय लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend