logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

निर्मल पुर्जाको जन्मथलोमा शालिक बनाउँदै अन्नपूर्ण गाउँपालिका


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको सम्मान तथा स्मृतिमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शालिक निर्माण गर्ने भएको छ।



गाउँपालिकाले पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गरेका पुर्जाको सम्मानमा शालिक निर्माण गर्ने निर्णय गरेको हो।

पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान कायम गरेका पुर्जा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दा हुन्। गाउँपालिकाले उनको योगदानलाई सम्मान गर्दै जन्मथलोमै शालिक निर्माण गर्ने निर्णय गरेको जनाएको छ।

सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर म्याग्दीको अन्नपूर्ण हिमालबाट आफ्नो अभियान सुरु गरेका थिए। उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।

पुर्जाले सबै १४ वटा आठ हजार मिटर अग्ला हिमाल ६ महिना ६ दिनमै आरोहण गरेका थिए। उनको यो उपलब्धि विश्वकै सबैभन्दा छोटो अवधिमा १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेको कीर्तिमानका रूपमा स्थापित भएको छ।

गाउँपालिकाले पुर्जाको साहस, योगदान र विश्वस्तरमा नेपालको नाम उचो बनाएको उपलब्धिको सम्मानस्वरूप शालिक निर्माण गर्न लागेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend