logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेपछि उनले विश्वासको मत पाएका हुन्।



प्रदेश सभा बैठकमा सहभागी सांसदहरूले भट्टको पक्षमा ४१ मत र विपक्षमा १५ मत दिएका थिए। सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको घोषणा गर्दै मुख्यमन्त्री भट्टले विश्वासको मत पाएको जानकारी गराएका हुन्।

भट्टलाई नेकपाका २० जना तथा उपसभामुखसहित एमालेका ११ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए। अन्य दल तथा प्रदेश सभा सदस्यको समेत समर्थन प्राप्त भएपछि उनको पक्षमा बहुमत पुगेको हो।

यसअघि एमालेको समर्थनमा भट्ट गत शुक्रबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्। विश्वासको मत प्राप्त गरेसँगै भट्ट नेतृत्वको प्रदेश सरकारलाई आगामी कार्यकालमा सरकार सञ्चालन तथा नीति–कार्यक्रम कार्यान्वयनका लागि राजनीतिक आधार बलियो भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend