logo बुधबार, भाद्र ३ २०८३ | Wednesday 19th August 2026

प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्।



पार्टी संसदीय दलका नेता प्रचण्डको सचिवालय व्यवस्थापन तथा दैनिक कार्यसम्पादनमा सहजीकरण गर्ने जिम्मेवारीसहित रावललाई स्वकीय सचिव नियुक्त गरिएको हो। जिम्मेवारी पाएपछि रावलले आफूलाई दिइएको भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्दै देश र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

रावल रुकुम पूर्वको सिस्ने गाउँपालिका– का हुन्। लामो समयदेखि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका रावललाई प्रचण्डको सचिवालयमा महत्वपूर्ण जिम्मेवारी दिइएको हो।

नयाँ जिम्मेवारीसँगै रावलले जनताका समस्या तथा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न सहजीकरण गर्ने र आफ्नो जिम्मेवारीलाई जनसेवासँग जोडेर अघि बढाउने बताएका छन्।

प्रचण्डको सचिवालयमा रावलको नियुक्तिलाई पछिल्लो समय पार्टीको संसदीय गतिविधि तथा जनसम्पर्कलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा पनि हेरिएको छ। संसदीय दलका नेता प्रचण्डको सचिवालयले संसद्, पार्टीका गतिविधि तथा विभिन्न राजनीतिक भेटघाट र जनसम्पर्कका काममा समन्वय गर्दै आएको छ।

रावलले आगामी दिनमा प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्दै पार्टी नेतृत्व र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend