logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई वरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०८३

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले पोखरास्थित वरपिपल रिसोर्ट पोखरासँग विशेष छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको छ।



सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले वरपिपल रिसोर्ट पोखरामा खाना, आवास तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। यसले बैंकका ग्राहकलाई बैंकिङ सेवासँगै मनोरञ्जन तथा आतिथ्य सेवामा समेत थप सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ।

त्यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि आवाससहित ब्रेकफास्ट, लन्च र डिनर निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।

उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ। साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले पनि सम्झौताअनुसारको सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकले ग्राहकको दैनिक आवश्यकता तथा जीवनशैलीसँग जोडिएका सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ। रिसोर्टसँगको सम्झौताले पोखरा भ्रमण गर्ने बैंकका ग्राहकलाई आवास, खानपान तथा स्पा सेवामा सहज र किफायती सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

यसैबीच, मुक्तिनाथ विकास बैंकले ग्राहकलाई लक्षित गर्दै आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने अटो लोन समेत सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार उक्त योजनामार्फत ग्राहकले सवारीसाधन खरिदका लागि थप प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकले आधुनिक बैंकिङ सेवासँगै ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर विभिन्न योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend