जन आकाश
काठमाडौ । सरकारले बुधबार मन्त्रिपरिषद्को बैठकबाट नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ । रावललाई बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकबाट आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरिएको हो । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर हुने व्यवस्था भए पनि एउटा पद हालसम्म रिक्त थियो । सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट रावललाई डेपुटी गभर्नर नियुक्त गरेको हो ।
सरकारले बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो । केन्द्रीय बैंकमा २ डेपुटी गभर्नर हुने व्यवस्था नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । फागुन २०८२ देखि दुवै डेपुटी गभर्नर पद रिक्त थियो । त्यसमध्ये २४ चैत २०८२ मा एक जना डेपुटी गभर्नर नियुक्त भएका थिए । एउटा डेपुटी हालसम्म पनि रिक्त नै थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend