logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मुख्यमन्त्री नियुक्त भएको तीन सातापछि कर्णाली सरकार विस्तार


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही नियुक्त भएको तीन सातापछि प्रदेश सरकार विस्तार भएको छ। सत्तारूढ नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।



प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार साँझ आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईंले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। यस्तै, जितबहादुर मल्ल सामाजिक विकास मन्त्री र कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्री बनेका छन्।

सत्तारूढ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच बुधबार दिउँसो मात्रै मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो। सहमतिअनुसार एमालेले तीन मन्त्रालय पाएको हो।

एमालेले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीको नाम टुंगो लगाएर शपथसमेत गराइसकेको छ। तर, सरकारमा सहभागी अर्को दल नेकपाले भने आफ्नोतर्फबाट मन्त्रीको नाम अझै टुंगो लगाउन सकेको छैन। नेकपाले मन्त्रीको नाम टुंगो लगाएपछि कर्णाली प्रदेश सरकार थप विस्तार हुने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend