logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटासबीच सहकार्य


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा संलग्न व्यवसायी, कृषक र युवाको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच समझदारी भएको छ।



सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्।

सहकार्यअन्तर्गत सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा हरित अर्थतन्त्रसँग सम्बन्धित अन्य व्यवसायलाई वित्तीय पहुँच विस्तारसँगै व्यवसाय विकास र क्षमता अभिवृद्धिमा सहयोग गरिनेछ।

कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमको विकासका लागि वित्तीय स्रोतसँगै व्यवसायिक क्षमता विकासमा समेत सहकार्यले सहयोग पुग्ने बताए। उनका अनुसार कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृङ्खलासम्बन्धी अनुभवलाई जोडेर हरित व्यवसायलाई प्रवद्र्धन गरिनेछ।

सहकार्यले हरित उद्यममार्फत रोजगारी सिर्जना, नवप्रवर्तन, स्थानीय आर्थिक विकास तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकले २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ र १ हजार २३३ भन्दा बढी पीओएस टर्मिनलमार्फत आफ्ना सेवा दिँदै आएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend