जन आकाश
काठमाडौं । सरकारले काठमाडौंका विभिन्न नदी किनारबाट हटाएका सुकुम्बासीहरू पुनः आन्दोलनमा उत्रिएका छन्।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको अगुवाइमा उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
सरकारले नदी किनारबाट हटाएपछि आफूहरूको उचित व्यवस्थापन नगरेको भन्दै सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले आफूहरूलाई सरकारले विचल्लीमा पारेको गुनासो गरेका छन्।
प्रदर्शनकारीहरूले आफूहरूको बसोबासको उचित व्यवस्थापन गर्न तथा विस्थापनको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend