logo बिहिबार, भाद्र ४ २०८३ | Thursday 20th August 2026

तीन वर्षीया गरिमा चौधरीको हत्याविरुद्ध माइतीघरमा प्रदर्शन


  • जन आकाश
  • बिहिबार, भाद्र ४ २०८३

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।



बालिकाको हत्यामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा ‘गरिमा चौधरीलाई न्याय दे’, ‘महिला तथा बालबालिका आयोग कहाँ छ?’ र ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।

बालिकाको हत्याको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयसमेत बिहीबार बन्द गरिएका छन्। विद्यालयहरूले शोकसभा आयोजना गर्दै बालिकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

बालिकाको हत्यामा प्रहरीले समयमै ध्यान नदिएको आरोप लगाउँदै स्थानीयवासीले बुधबारदेखि सुरु गरेको आन्दोलन बिहीबार पनि जारी राखेका छन्। उनीहरूले बिहानैदेखि उपमहानगरपालिकाभित्रका ग्रामीण सडकमा समेत टायर बालेर प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण बुधबार दिउँसोदेखि बन्द रहेको वीरगञ्ज–पथलैया सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन। सिमरा क्षेत्रमा समेत प्रदर्शन जारी रहेको छ।

आन्दोलनरत स्थानीयवासीले बालिकाको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न तथा घटनामा प्रहरीको भूमिकाबारे समेत अनुसन्धान गर्न माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend