जन आकाश
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।
मन्त्री बादीले समाज कल्याण परिषद्को टोलीसहित भृकुटीमण्डप परिसरको स्थलगत निरीक्षण गर्दै त्यहाँ सञ्चालन भइरहेका विभिन्न गतिविधि र संरचनाको अवस्थाबारे जानकारी लिएकी हुन् ।
अनुगमनका क्रममा उनले खसी बजार, तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल तथा प्रदर्शनी एवं व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको निरीक्षण गरेकी छन् ।
मन्त्री बादीले परिसरमा रहेका संरचनाको उपयोग, व्यवस्थापनको अवस्था, व्यापार तथा सेवा सञ्चालनको प्रकृति, आम्दानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेको लाभबारे सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिएकी छन् ।
काठमाडौंको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भृकुटीमण्डपलाई वर्तमान अवस्थामै सीमित नराखी उपलब्ध क्षेत्र र संरचनाको अधिकतम सदुपयोग गर्नुपर्नेमा मन्त्री बादीले जोड दिइन् ।
उनले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएकी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend