logo शुक्रबार, भाद्र ५ २०८३ | Friday 21st August 2026

रामेछाप सांस्कृतिक कलाकार समाज खाँडादेवीको अध्यक्षमा सन्दीप श्रेष्ठ


  • जन आकाश
  • शुक्रबार, भाद्र ५ २०८३

काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाज, खाँडादेवी गाउँपालिका कार्यसमितिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार काठमाडौंमा सम्पन्न भएको छ।



अधिवेशनले सन्दीप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा राजन खत्री, महिला उपाध्यक्षमा रमिला मोक्तान, सचिवमा सरिता श्रेष्ठ, सह–सचिवमा तुलसा बुढाथोकी, कोषाध्यक्षमा ईश्वर श्रेष्ठ र सह–कोषाध्यक्षमा मेलिना श्रेष्ठ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा दिलमैया श्रेष्ठ, उस्मिता श्रेष्ठ, श्रीजना श्रेष्ठ र प्रेम श्रेष्ठ चयन भएका छन्। अधिवेशनले बिमला श्रेष्ठ, सुदीप श्रेष्ठ र अपेक्षा खत्रीलाई मनोनीत सदस्यमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिले खाँडादेवी गाउँपालिकासँग सम्बन्धित कलाकार तथा सांस्कृतिक क्षेत्रको संरक्षण र प्रवर्द्धनसँगै कलाकारहरूको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

समाजले स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण गर्दै कलाकारहरूबीच सहकार्य र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend