logo शुक्रबार, भाद्र ५ २०८३ | Friday 21st August 2026

नोटबन्दीबारे सरकारको धारणा स्पष्ट, अहिले उपयुक्त देखिँदैन’


  • जन आकाश
  • शुक्रबार, भाद्र ५ २०८३

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अहिले नोटबन्दी गर्नेबारे नसोचेको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने भन्ने प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पार्नुभएको हो।



उहाँले नोटबन्दीसम्बन्धी नागरिकका प्रश्नलाई रोचक भएको बताउँदै वर्तमान अवस्थामा नेपालका लागि नोटबन्दी उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो। “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उहाँले भन्नुभयो।

अर्थमन्त्री वाग्लेका अनुसार नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकहरूमा समेत यसको सफलता अपेक्षाकृत राम्रो देखिएको छैन। त्यसैले तत्काल नेपालमा नोटबन्दी गर्ने सरकारको कुनै योजना नरहेको उहाँले स्पष्ट पार्नुभयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend