logo शनिबार, भाद्र ६ २०८३ | Saturday 22nd August 2026

महाधिवेशनसँगै आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको छु ः बिराजभक्त श्रेषठ


  • जन आकाश
  • शनिबार, भाद्र ६ २०८३

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य विराज भक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न महाधिवेशनसँगै आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको बताउनुभएको छ। त्यसरी आमनिर्वाचनबाट जनताले पार्टीलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उनले अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
मोरङ र सुनसरीका नेता तथा अगुवा कार्यकर्तासँग विराटनगरमा भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पार्टीका नियमित राजनीतिक गतिविधिसँगै सरकारका कामकारबाहीको समेत सूक्ष्म अध्ययन र विश्लेषण गर्न पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन् ।



उनले सरकारको कामको मूल्याङ्कन पार्टी कार्यकर्ताबाट हुनुपर्ने बताउँदै विनियोजित बजेटको कार्यान्वयन, कामको गुणस्तर र प्रभावकारितामाथि पार्टीका विभिन्न तहबाट निरन्तर निगरानी आवश्यक रहेको बताए ।  सरकारका कामलाई समर्थन गर्ने मात्र नभई आवश्यक ठाउँमा सुधारका लागि खबरदारी गर्ने भूमिका पनि पार्टी तहबाट हुनुपर्ने उनकाे भनाइ थियो।

मन्त्री श्रेष्ठले जनताका समस्या सबैभन्दा पहिले पार्टीका स्थानीय तथा प्रारम्भिक संगठनमा पुग्ने भएकाले ती समस्या पहिचान गरी समाधानका लागि पहल गर्न र सरकारलाई झकझकाउन कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।  सरकारमा सहभागी नेताहरूलाई जनताको वास्तविक अवस्था र अपेक्षाबारे जानकारी गराउँदै आवश्यक ठाउँमा खबरदारी गर्नु पनि पार्टी संगठनको जिम्मेवारी हाे उनले भने ।

वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र शासकीय सुधार रहेको बताउँदै मन्त्री श्रेष्ठले विकास निर्माणका केही काम अपेक्षाअनुसार अघि बढ्न नसकेको भए पनि सरकारले आफ्नो जिम्मेवारीबाट पछि नहटी काम गरिरहेको दाबी गरे। छोटो अवधिमै सरकारले विभिन्न क्षेत्रमा सकारात्मक परिणाम निकाल्न सफल भएको उनकाे जिकिर थियाे ।

रास्वपाको संगठन निर्माणको अवधि तुलनात्मक रूपमा छोटो भएकाले पार्टीभित्र संस्थागत प्रणाली र कार्यपद्धति विकास गर्न अझै धेरै काम बाँकी रहेको मन्त्री श्रेष्ठले दावी गरे । आवश्यक प्रणाली क्रमशः विकास गर्दै पार्टीलाई थप व्यवस्थित र संस्थागत बनाउँदै लैजानुपर्ने धारणा राखे ।

पार्टी निर्माणमा युवा पुस्ताको ऊर्जा र अग्रजहरूको अनुभव तथा विवेकलाई संयोजन गर्नुपर्नेमा जोड दिदै फरक पुस्ताको क्षमता र अनुभवलाई एकीकृत गरेर अघि बढे मात्रै बलियो र प्रभावकारी राजनीतिक संगठन निर्माण गर्न सकिने भन्दै
आगामी प्रदेश तथा स्थानीय तहका निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै संगठनलाई जनतासँग जोडेर अघि बढ्नुपर्ने मन्त्री श्रेष्ठले बताए । जनताका दैनिक समस्या उठाउने, सरकारका कामको निगरानी गर्ने तथा विकास निर्माणका गतिविधिमा खबरदारी र अनुगमन बढाउने जिम्मेवारी पार्टीका सबै तहका नेता तथा कार्यकर्ताको रहेको उनले उनले बताए ।

मन्त्री श्रेष्ठले आगामी दिनमा पार्टीको संगठन विस्तारभन्दा पनि संगठनलाई परिणाममुखी र जनताप्रति उत्तरदायी बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दै कोशी प्रदेशका नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend