logo आइतबार, भाद्र ७ २०८३ | Sunday 23rd August 2026

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प


  • जन आकाश
  • आइतबार, भाद्र ७ २०८३

काठमाडौं । जापानमा भूकम्प गएको छ । पूर्वी क्षेत्रमा आइतबार बिहानपख ५.९ म्याग्निच्युडकोभूकम्प गएको हो ।



टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चरको दक्षिणी क्षेत्रमा ७० किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड मापन गरेको छ ।भूकम्पबाट इबाराकी, चिबा र साइतामा प्रिफेक्चरमा कम्तीमा पाँच जना घाइते भएका छन् । थप मानिस घाइते भएको हुनसक्ने भन्दै विवरण संकलन भइरहेको स्थानीइ अधिकारीहरूले बताएका छन् ।

भूकम्पपछि टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेलसहित केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । यद्यपि, शिन्कान्सेन बुलेट ट्रेन भने सामान्य रूपमा सञ्चालनमा रहेको जनाइएको छ ।

भूकम्पका कारण टोकियोको कोतो क्षेत्रमा भूमिगत पानीको पाइप फुटेको र करिब ४६० घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । विद्युत् सेवा भने आइतबार बिहानसम्म पुनः सञ्चालनमा आएको छ ।

भूकम्पपछि सुनामीको खतरा नरहेको अधिकारीहरूले स्पष्ट पारेका छन् । जापानका आणविक ऊर्जा केन्द्रहरूमा पनि कुनै असामान्य अवस्था नदेखिएको जनाइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend