logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेकपा कर्णालीमा रोकियो ३ मन्त्रीको शपथ


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण कर्णालीमा तीन मन्त्रीको शपथ रोकिएको छ । कर्णाली सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागी तय गरिएको थियो । तर, मन्त्री छनोटमा कुरा नमिलेपछि अन्तिम समयमा शपथ कार्यक्रम नै स्थगित गरिएको हो ।



मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयलाई शपथका लागि समय माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले ११ बजेको समय तोकेका थियो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न सकेनन् ।

पछि मुख्यमन्त्री शाहीले नै शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णाली प्रदेशमा नेकपाले पाएका तीन मन्त्रालय अझै रिक्त छन् ।

एमालेबाट एक साता अघि नै तीन मन्त्री नियुक्त भइसके पनि मुख्यमन्त्री शाहीले आफ्नै दलको किचलो मिलाउन सकिरहेका छैनन् । नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको २८ बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । आज नेकपा सांसद एवम् पूर्व अर्थमन्त्री विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend