logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गोकुलगंगा युवा सञ्जालद्वारा जट्टापोखरी, पाँचपोखरी दर्शनमा जाने तिर्थालुहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

रामेछाप । हिन्दू धर्मावलम्बीहरूको महान पर्व जनैपूर्णिमाको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि देशका विभिन्न ठाउँबाट हजारौं तिर्थालुहरू जट्टापोखरी,पाँचपोखरीको दर्शन गर्न जाने तयारीमा छन्। सोही अवसरमा गोकुलगंगा युवा सञ्जालको आयोजनामा तीर्थयात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको छ ।



समुन्द्री सतहबाट करिब ४५०० मिटरको उचाइमा चड्दा कठिन भौगोलिक अवस्था, चिसो मौसम र उच्च स्थानको प्रभावका कारण दर्शनार्थीहरूलाई विभिन्न स्वास्थ्य समस्या देखा पर्ने सम्भावना रहन्छ। –जस्तै उचाइको असर, हाइपोथर्मिया, श्वासप्रश्वासमा कठिनाइ, थकान, उच्च ज्वरो आदि हुन सक्ने भएकाले भक्तजनहरूलाई सुरक्षित र सजिलो बनाउने उद्देश्यले स्वास्थ्य सेवा प्रदान गरिँदैछ।

शिविरमार्फत श्रद्धालुहरूलाई प्राथमिक उपचार सेवा स्वास्थ्य परामर्श, रक्तचाप मापन औषधि वितरणसाथै अत्यावश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ। साथै, आवश्यकता अनुसार थप स्वास्थ्य सेवाहरू पनि शिविर स्थलमा समन्वय गरिनेछ।

स्वास्थ्य शिविरमा स्वयम्सेवी स्वास्थ्यकर्मीहरूको टोली, स्थानीय स्वयंसेवक, परिचालन टोलिहरू सक्रिय रूपमा खटिनेछन्।

गोकुलगंगा युवा सञ्जाल परिवारले यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ र समर्थन गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिँदै जनैपूर्णिमाको पावन अवसरमा जट्टापोखरी तथा पाँचपोखरी दर्शन गर्न जाने सम्पूर्ण भक्तजनहरूलाई सुरक्षित यात्रा, राम्रो स्वास्थ्य, र आध्यात्मिक शान्तिको शुभकामना व्यक्त गरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend