logo मंगलबार, भाद्र ९ २०८३ | Tuesday 25th August 2026

साना किसानको विस्थापन रोक्न माग गर्दै पोल्ट्री व्यवसायी सडकमा


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

काठमाडौं । साना किसानको विस्थापन रोक्नुपर्ने माग गर्दै पोल्ट्री व्यवसायी तथा किसानहरू आन्दोलनमा उत्रिएका छन्।



देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरूले माइतीघर मण्डलमा प्रदर्शन गर्दै पोल्ट्री क्षेत्रका समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।

किसानहरूले उत्पादक किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै बिचौलियाको जालो अन्त्य गर्नुपर्ने माग गरेका छन्। उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आन्दोलनरत किसानहरूले पोल्ट्री क्षेत्रमा लागू गरिएको ग्रेडिङ प्रणाली खारेज गर्नुपर्ने, भारतीय कुखुराको तस्करी नियन्त्रण गर्नुपर्ने तथा दाना र चल्लाको मूल्य पारदर्शी बनाउनुपर्ने माग राखेका छन्।

त्यस्तै, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने, दाना तथा चल्लाको गुणस्तर सुनिश्चित गर्नुपर्ने, किसानको श्रमको सम्मान हुनुपर्ने र पोल्ट्री व्यवसायमा गरिएको लगानीको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग उनीहरूको छ।

पोल्ट्री व्यवसायलाई व्यवस्थित र किसानमैत्री बनाउन दीर्घकालीन नीति आवश्यक रहेको भन्दै किसानहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend