logo मंगलबार, भाद्र ९ २०८३ | Tuesday 25th August 2026

दुर्गा प्रसाईंको घर खानतलासीको कारणबारे २४ घण्टाभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०८३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ।



सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।

सर्वोच्चले प्रसाईंको घर खानतलासीका क्रममा बरामद गरिएका सामानसहित अदालतमा उपस्थित हुन पनि प्रहरीलाई आदेश दिएको छ।

भदौ ४ गते प्रहरीले प्रसाईंको घरमा खानतलासी गरेको थियो। सो क्रममा बरामद भएका सामानसमेत पेसीका दिन अदालतमा लिएर उपस्थित हुन भक्तपुर प्रहरीलाई सर्वोच्चले आदेश दिएको हो।

बन्दीप्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाइका क्रममा सर्वोच्चले प्रहरीबाट भएको खानतलासीको कानुनी आधार र त्यस क्रममा बरामद गरिएका सामग्रीबारे स्पष्ट विवरण मागेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend