जन आकाश
मोहन कार्की ।
नेपालमा यतिवेला राजनीतिक भौतिक रुपमा द्धन्द्ध नभएपनि मानसिक रुपमा राजनीतिक अस्थिरता बढेर गएको जस्तो भान हुन थालेको छ । नेपालमा २०६२÷६३ को जनआन्दोलपछि २०७२ सालमा संविधान बनेर २०७४ सालको स्थानीय , प्रदेश, संघको निर्वाचन भएर नयाँ प्रसाशनिक संरचनामा काम हुदै आएको छ । संविधानमा केही आरक्षणका व्यवस्थाहरु गरिएका छन् । समावेशीका आरक्षणहरु तोकिएका छन् । धार्मिक विषयमा धर्म निरपेक्ष भनेर उल्लेख गरिएको छ । समाजवाद उन्मुख राष्ट्र पनि उल्लेख छ । यिनै विषयहरु मध्य धेरै विवाद भएको गणतन्त्रात्मक व्यवस्था राजतन्त्र मान्ने समूहरुले संविधान जारी गर्दा देखिनै आपत्ति जनाउदै आएका छन् । मधेसवादी दल त्यतिवेलाको जनअधिकार फोरमले संविधान जारी गरेको केही दिनमा नै जलाएर विरोध गरेको थियो ।
२०७९ को निर्वाचन समेत सफलतापूर्वक सम्पन्न गरी देश स्थाई सरकारको गतिमा गईरहेको वेला जेन्जी आन्दोलन भड्कीएर रक्तपात तथा अराजकताको पराकाष्ठ नाघेर नेपालका मानवीय तथा भौतिक सरचनाको क्षति भएपछि अतालिएको नेपाली समाज सगालिन अझै सकेको छैन । हुनत २०८४ मा अध्यावधिक हुनुपर्ने निर्वाचन २०८२ मै जेन्जीको आन्दोलनवाट नयाँ म्यान्टेड आएको छ । तै पनि विश्वसनीय वातावरण भने बन्न सकेको छैन । २०८२ साल भदौ २४ गते भडकिएको जेन्जी आन्दोलनमा घाइते भएका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति समेत रहेका शेर बहादुर देउवा झण्डै एक वर्ष सिगापुर उपचार गराएर फर्केका छन् ।
नेपाली काँग्रेसको इतिहाँस देखेका,भोगेका वा पढेकाहरुको लागि भने देउवाको स्वदेश प्रवेश सँगै विपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अपनाएर स्वदेश फर्केर बरु म मारिन सक्छु, जेल जान सक्छु । तर पराईको अधिनमा देश जान दिन्न भन्ने जुन अठोट र आट गरेर स्वदेशमा राजनीतिक साहास गरेका थिए । त्यही साहास र त्यही नीति देशको लागि यतिवेला आवश्यक भएको धेरैले राजनीतिक अडकल गर्न थालेका छन् । यो नीति भनेको नेपालमा धार्मिक रुपमा आएको दरारलाई पुर्ति गर्ने अर्थात धर्म निरपेक्षको ठाउँमा धार्मिक स्वतन्त्रता वा सनातन हिन्दु राष्ट्र राख्ने गरी संविधान संशोधन देशमा राजनीतिक पार्टीहरुको अस्थिर प्रबृतिको कारण नागरिकहरुमा ढुक्कसँग निदाउन नसक्ने अवस्था एक खालको त्रासले कतै संवैधानिक राजतन्त्र वा सेरोमोनियल राजतन्त्र होकी भन्ने अवस्थाको सृर्जना भएको जस्तो देखिदै गएको छ ।
नेपालका प्रधानमन्त्री मुस्ताङ भ्रमणमा निस्कनु, नेपालका प्रधानन्याधिस प्रधानमन्त्रीको भ्रमणमा सँगै हुनु, पूर्व प्रधानमन्त्री शेर बहादुरका विश्वास पात्रले प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जान पोखरा पुगेको वेला भेघाट गर्नु यता धवल शम्शेर जबराको नेतृत्वमा जय नेपाल पार्टी स्थापना गर्नु जस्ता घटनाहरु हेर्दा तत्कालीन अवस्थामा देउवाले लामो समय घाइते अवस्थामा विदेश बस्दा आफ्नो देश भन्दा ठूलो केही रहेनछ भन्ने अठोट लिएर बिपीको राष्ट्रिय मेलमिलापको नीतिलाई उजागर गर्नेगरी आएका हुनसक्छन् भन्ने अडकल गर्न थालिएको छ । कुनैवेला पश्चिमा शक्ति लविको नेता भनेर आरोप खेप्दै आएका देउवाले पछिल्लो पटक आफुलाई हिन्दु भएको भनेर प्रष्टिकरण दिनुपर्ने अवस्था आउनु भनेको निक्कै गम्भिरता पूर्वक लिनुपर्ने अवस्था आईसकेको भान भएको छ ।
देशमा धार्मिक दंगा, राजनीतिक विवाद, र सामाजिक रुपमा तितर वितर भएर रहेको समाजलाई एक ढिक्का बनाएर नेपालीहरुको स्वाभिमानमा आच आउन नदिनेगरी सवै पक्ष सरकार पक्ष, विपक्ष नेपालका आफ्नो सवै शक्ति एक ठाउमा ल्याउन देउवाले भूमिका निर्वाह गरुण र नेपालको स्वभिमान सधै उच्च राख्ने काम गरुण त्यो जिम्मेवारी पुरा गरेपछि नेतृत्व आफैले लिने होइन पुस्तारणमा हस्तान्तरण गरुण भन्ने ढंडवाट समाजमा विषय उठ्न थालेका छन् ।
यो विषयलाई कतिको गम्भिरताका रुपमा लिन्छन र कार्यन्वयन गर्छन् । पूर्व प्रधानमन्त्री समेत भईसकेका लोकतान्त्रिक आन्दोलनको समेत नेतृत्वकारी भूमिका निर्वाह गरेका देउवाको उनको कार्यसम्पादन क्षमतामा भर पर्ने देखिन्छ । देशले निकास पाउनुपर्छ । राष्ट्र गरिव भएर केही हुदैन । तर स्वाभिमान गुम्यो भने सदाको लागि गुलाम बन्नुपर्छ । त्यसकारण नेपाललाई स्वाभिमान देशको रुपमा नै राखिरहन नेपालीहरु चाहान्छन् ।
जन आकाश साप्ताहिकमा २०८३ भदौ ९ गते प्रकाशित
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend