logo बिहिबार, भाद्र ११ २०८३ | Thursday 27th August 2026

हिन्दू स्वयंसेवक संघ नेपाल उद्धारका लागि नुवाकोटमा


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न क्षेत्रमा उत्पन्न विपद्को अवस्थामा हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल लगायतका संस्थाका स्वयंसेवकहरू उद्धार, सेवा तथा राहत कार्यका लागि प्रभावित क्षेत्रमा परिचालित भएका छन्।



बाढी तथा डुबानका कारण जोखिममा परेका नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्थाको जानकारी लिने, आवश्यकताको पहिचान गर्ने तथा सम्बन्धित स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी सेवा तथा उद्धार कार्यमा जुटेको छ।

यसै क्रममा हिन्दू स्वयंसेवक संघ नेपाल र विश्व हिन्दू परिषद् नेपाल का स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ। टोलीले स्थानीय निकाय तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्दै उद्धार, राहत तथा मानवीय सेवाका कार्यहरू प्रारम्भ गरेको छ।

विश्व हिन्दू परिषद् नेपालले देशभर रहेका आफ्ना स्वयंसेवक तथा कार्यकर्ताहरूलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालित भई उद्धार, सेवा तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। विपद्को यस कठिन घडीमा सबै स्वयंसेवक तथा सामाजिक संघ–संस्थालाई मानवीय सेवाका कार्यमा एकजुट भई सहयोग गर्नसमेत अनुरोध गरेको छ।

बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल लगायत प्रभावित क्षेत्रमा खटिएका संस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन्। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइते एवं प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यतिवेला हिन्दू्र स्वयंम संघका पदाधिकारीहरु नुवाकोटको त्रिशुली क्षेत्रमा खटिरहो प्रलाद रेग्मीले जानकारी दिएका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend