logo शनिबार, भाद्र १३ २०८३ | Saturday 29th August 2026

बाढी पीडितकाे लागि नेपाल बैंक लिमिटेडले रू. ३ करोड १ लाख आर्थिक सहयोग


  • जन आकाश
  • शुक्रबार, भाद्र १२ २०८३

काठमाडौ । मिति २०८३ साल भाद्र १० गते बुधबार विहान रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुु¥याएका बाढी पीडितको लागि नेपाल बैक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै रू. ३ करोड १ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । साथै, बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदनाका साथै गहिरो दुःख व्यक्त गरेको छ ।



बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू.३ करोड १ लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरेका छन् । नेपाल बैंक लिमिटेड, संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट बाढी पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक परिवारलाई हार्दिक धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य अमृत लम्सालले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महाभुकम्प, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न राष्ट्रिय विपद्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीको कारण पीडित नागरिकहरूलाई सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सञ्चालक समितिका सदस्य बद्री खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का र सुशासन डिभिजन प्रमुख होमनाथ दाहालको उपस्थिति रहेको थियो । उक्त चेक यहि ११ गते अर्थमन्त्री समक्ष बैकका पदाधिकारीले अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend