logo आइतबार, भाद्र १४ २०८३ | Sunday 30th August 2026

शिवशक्ति ग्रुपको बाढी पीडितलाई सहयोग


  • जन आकाश
  • शनिबार, भाद्र १३ २०८३

 



काठमाडौँ .  २०८३ भदौ १० गते बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति शिवशक्ति ग्रुप परिवार गहिरो दुःख व्यक्त गर्दै सहयोग गरेको छ ।

उसले भनेको छ । यस दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ एवं विदेशी पर्यटकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ । साथै, प्राकृतिक विपद्मा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। विपद्को यस कठिन समयमा शिवशक्ति ग्रुप परिवार नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दछांै ।

बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिवशक्ति ग्रुपको (माननीय श्री राजकुमार अग्रवाल, श्री सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित सम्पूर्ण कम्पनी परिवार)को तर्फबाट नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. ५१,००,०००।– (अक्षरेपी एकाउन्न लाख रुपैयाँ) सहयोग गरिएको छ ।

उक्त सहयोग रकम माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरिएको छ । यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि., बाराको तर्फबाट समेत रु. १०,००,०००।– (अक्षरेपी दस लाख रुपैयाँ) सहयोग गरिएको छ ।

विपद्को यस कठिन घडीमा पीडित परिवारको दुःखमा साथ दिनु, उद्धार तथा राहत कार्यमा सहयोग गर्नु र प्रभावित नागरिकको जीवनमा आशा जगाउनु हामी सबैको साझा दायित्व हो । सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्छ । त्यसैले सम्पूर्ण निजी क्षेत्र, उद्योगी–व्यवसायी, संघ–संस्था तथा आम नागरिकलाई आफ्नो क्षमता र सामथ्र्यअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्न शिवशक्ति ग्रुप हार्दिक अपिल गर्दछौं ।

यस विषम परिस्थितिको सामना गर्न पीडित परिवारहरूमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् तथा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै ईश्वरसँग प्रार्थना गर्दछौँ। मानवता नै सबैभन्दा ठूलो धर्म हो। विपद्मा एकजुट बनौँ, पीडितको साथ बनौँ। उसको धारणा सहितको समाचार हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend