logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कृष्णभीरमा सडक भासियो, यातायात पूर्ण रूपमा अवरुद्ध


  • जन आकाश
  • आइतबार, भाद्र १४ २०८३

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बेनीघाट नजिकै कृष्णभीरमा सडक भासिएको छ।नदीले सडकको तल्लो भाग कटान गरेपछि मुख्य सडक भासिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बाढीका कारण सडक मुनिको भाग कटान भएपछि सडक भासिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिइन्।



जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले पनि कृष्णभीरमा सडक भासिएको पुष्टि गरेका छन्।

उनका अनुसार बाढी बढेको सूचना पाएपछि तटीय क्षेत्रको अवस्था अवलोकन गर्न जाने क्रममा कृष्णभीरमा सडक भासिएको खबर प्राप्त भएको हो। प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए। सडक भासिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनास्थलको अवस्था तथा सडक खुलाउने प्रयासबारे थप विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend