logo सोमबार, भाद्र १५ २०८३ | Monday 31st August 2026

रसुवा बाढीपछि ५० अर्ब बराबरको सहयोग प्रतिबद्धता, उद्धार व्यवस्थापनमै चुनौती


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सरकारले औपचारिक रूपमा सहयोग आह्वान गर्नुअघि नै करिब रु. ५० अर्ब बराबरको वित्तीय स्रोत तथा सहयोगको प्रतिबद्धता जुटेको छ। उद्योगी–व्यवसायी, व्यावसायिक घराना, आमसर्वसाधारण तथा विदेशमा रहेका नेपालीबाट करिब साढे रु. ७ अर्ब बराबरको नगद सहयोग जुटेको छ भने विभिन्न मुलुक तथा दातृ निकायबाट करिब रु. ३४ अर्ब २५ करोड बराबरको सहयोग घोषणा भएको छ। नगद सहयोगबाहेक बाढी प्रभावितका लागि ठूलो परिमाणमा राहत सामग्रीसमेत प्राप्त भइरहेको छ। भारतबाट औषधि, खाद्यान्न, टेन्टलगायत सामग्री आएको छ भने अन्य मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाले पनि खाद्यान्न, औषधि, आश्रय तथा उद्धार सामग्री उपलब्ध गराइरहेका छन्।



यति ठूलो मात्रामा सहयोगको प्रतिबद्धता आए पनि रसुवा बाढीपछि खोज, उद्धार तथा राहत व्यवस्थापनमा चुनौती कायमै छ। हालसम्म ७५२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थुप्रै नागरिक अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणलाई थप तीव्र बनाउन दबाब बढिरहेको छ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका अनुसार सरकारले दातृ निकायसँग औपचारिक रूपमा सहयोग माग्नुअघि नै करिब रु. ३४ अर्ब २५ करोड बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ। दातृ निकायबाट घोषणा भएको सहयोगमा विश्व बैंकको हिस्सा सबैभन्दा ठूलो छ। विश्व बैंकले करिब रु. २५ अर्ब बराबरको आपत्कालीन प्याकेज घोषणा गरेको छ। उक्त रकम सहुलियतपूर्ण ऋण तथा बजेट सहयोगका रूपमा परिचालन हुने जनाइएको छ।

अर्थ मन्त्रालयका अधिकारीका अनुसार यो विगतमा घोषणा गरिएको प्याकेजअन्तर्गतकै रकम हो। तोकिएका काम समयमै सम्पन्न गर्न सके थप रकमसमेत प्राप्त हुन सक्ने र उपलब्ध रकम प्रभावकारी रूपमा खर्च गर्न सके थप सहायता अर्थात् ‘टपअप’को सम्भावना रहनेछ। यस्तै, संयुक्त अरब एमिरेट्सले १ करोड अमेरिकी डलर अर्थात् करिब रु. १ अर्ब ५३ करोड, बेलायतले ५० लाख पाउन्ड अर्थात् करिब रु. १ अर्ब ४ करोड र अमेरिकाले ३६ लाख अमेरिकी डलर अर्थात् करिब रु. ५५ करोड सहयोग घोषणा गरेका छन्।

संयुक्त राष्ट्रसंघले ३२ लाख अमेरिकी डलर अर्थात् करिब रु. ४९ करोड, दक्षिण कोरियाले १० लाख अमेरिकी डलर अर्थात् करिब रु. १५ करोड सहयोग गर्ने जनाएको छ। अन्तर्राष्ट्रिय रेडक्रस महासंघले प्रारम्भिक रूपमा १० लाख स्विस फ्र्यांक अर्थात् करिब रु. १९ करोड आपत्कालीन सहयोग जारी गरेको छ। महासंघले थप २ करोड ५० लाख स्विस फ्र्यांक सहयोगका लागि अपिलसमेत गरेको छ।

एसियाली विकास बैंक (एडीबी) ले ५० लाख अमेरिकी डलर अर्थात् करिब रु. ७६ करोड अनुदान घोषणा गरेको छ। उक्त रकम खोज तथा उद्धार उपकरण, औषधि, खाद्यान्न, खानेपानी, आश्रय तथा सरसफाइ सामग्रीमा परिचालन गरिनेछ। एडीबीले विपद्पछिको आवश्यकता मूल्यांकन तथा पुनर्लाभ योजना तयार गर्न थप १ लाख ५० हजार अमेरिकी डलर अर्थात् करिब रु. २ करोड ३० लाख सहयोग गर्ने प्रक्रिया अघि बढाएको छ।

यसबीच स्वदेशी निजी क्षेत्रबाट पनि बाढीपीडितका लागि ठूलो रकम सहयोग जुटेको छ। आइएमई ग्रुप र ग्लोबल आइएमई बैंकले रु. १५ करोड, नबिल बैंक र चौधरी ग्रुपले रु. १५ करोड तथा सूर्य नेपालले रु. १५ करोड सहयोग गरेका छन्। गोर्खा ब्रुअरीले रु. १० करोड र नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले रु. ७ करोड सहयोग गरेका छन्।

यस्तै, प्राइम बैंकले रु. ३ करोड १० लाख, नेपाल बैंकले रु. ३ करोड १ लाख, कुमारी बैंकले रु. ३ करोड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले रु. ३–३ करोड सहयोग गरेका छन्। नेपाल लाइफ इन्स्योरेन्सले रु. २ करोड ५१ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले रु. २ करोड ५० लाख तथा एनआईसी एशिया बैंकले रु. २ करोड २१ लाख सहयोग गरेका छन्।

सहयोगको आकार ठूलो भए पनि उद्धार तथा राहत व्यवस्थापनमा कमजोरी देखिएको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्। विशेषगरी रसुवा बाढीपछि कतिपय क्षेत्रमा प्राविधिक उद्धारमा ढिलाइ भएको उनीहरूको भनाइ छ। कतिपय जलविद्युत् आयोजनाका सुरुङमा नागरिक फसेका छन् भने केही स्थानमा उद्धार प्रक्रिया समयमै सुरु हुन नसकेको गुनासो छ। यस्तो अवस्थामा आवश्यकताअनुसार अन्तर्राष्ट्रियस्तरको

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend