जन आकाश
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्सले रु. २ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ।
नेपाल लाइफले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गरेको हो। सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
कम्पनीका अनुसार उक्त सहयोगले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।
नेपाल लाइफले विपद्को यस कठिन समयमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने जनाएको छ।
साथै, नेपाल लाइफले प्रभावित समुदायको राहत तथा पुनःस्थापना कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend