logo सोमबार, भाद्र १५ २०८३ | Monday 31st August 2026

बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सुरु गर्ने


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ।



महासङ्घले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा राहत सामग्री ओसारपसारका लागि निःशुल्क बससेवा उपलब्ध गराउने जनाएको हो।महासङ्घका अनुसार प्रभावित क्षेत्रमा उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ढुवानी गर्नुपर्ने भएमा महासङ्घसँग समन्वय गर्न सकिनेछ।

यसका लागि सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३) लाई सम्पर्क गर्न महासङ्घले अनुरोध गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहजीकरण गर्न यातायात व्यवसायीहरूले आफ्ना सवारीसाधन परिचालन गर्ने महासङ्घले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend