logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

लाङटाङ खोला जलविद्युत् आयोजनाको टनेलमा करिब २५ जना फसेको आशंका, उद्धारमा नेपालीसेना र भारतीय सेनाको टोली


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । रसुवामा रहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको टनेलमा करिब २५ जना फसेको आशंका गरिएको छ। उनीहरूको उद्धारका लागि नेपाली सेना र भारतीय सेनाका प्राविधिकसहितको टोली परिचालन गरिएको छ।



आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिव विजयमोहन भट्टराईका अनुसार नेपाली र भारतीय सेनाका १२ जना प्राविधिकसहितको टोलीले उद्धार कार्य अघि बढाइरहेको छ।

‘केही दिनदेखि रेकीको काम भइरहेको थियो। आजबाट आवश्यक उपकरणसहित उद्धारको काम सुरु गरिएको छ,’ भट्टराईले भने।उनका अनुसार उद्धार टोलीले केही दिनदेखि घटनास्थलको रेकी गरिरहेको थियो। सोमबारदेखि आवश्यक उपकरणसहित टनेल खन्ने काम सुरु गरिएको हो। सम्भावित रूपमा फसेका व्यक्तिहरूसम्म पुग्न करिब १५० मिटर टनेल खन्नुपर्ने भएकाले उद्धार कार्य पूरा गर्न मंगलबारसम्म लाग्ने अनुमान गरिएको छ।

भट्टराईका अनुसार सामान्य बाढीका बेला आयोजनामा साइरन बज्ने व्यवस्था थियो। तर यसपटक आएको बाढी अत्यन्त ठूलो भएकाले साइरनसमेत बाढीले बगाएर लगेको थियो।यसअघि आयोजनामा कार्यरत १८ जनाको उद्धार गरिएको थियो भने एक जना आफैं हिँडेर सुरक्षित स्थानमा आएका थिए।उद्धार कार्यमा केही ढिलाइ भए पनि टनेलभित्र फसेका व्यक्तिहरू जीवितै रहेको आशा गरिएको भट्टराईले बताए।छिटो काम गर्न पाएको भए हुन्थ्यो। ढिलाइ भए पनि उहाँहरू जीवित रहनुभएको होस्, अहिले हाम्रो कामना यही हो,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend