logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे नभेटिएपछि उद्धार टोली फर्कियो


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०८३

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेको आशंका गरिएका कामदारको खोजीमा खटिएको उद्धार टोली मानवीय उपस्थिति नभेटिएपछि फर्किएको छ।



भोटेकोसी नदीमा आएको बाढीपछि आयोजनाको सुरुङभित्र केही कामदार फसेको आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो। नेपाली सेनाका अनुसार उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको थियो। सुरुङभित्र ड्रोनसमेत उडाएर विस्तृत रूपमा निरीक्षण गर्दा पनि कुनै मानिस फेला परेनन्।

सुरुङको अन्तिम भागसम्म पुग्दा समेत मानवीय उपस्थिति नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ।खोजी कार्य पूरा भएपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ।यससँगै भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कामदार फसेको आशंकामा सञ्चालन गरिएको खोजी तथा उद्धार अभियान तत्कालका लागि टुंगिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend