जन आकाश
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै बंगलादेशको संसद्ले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ।
शोक प्रस्तावमार्फत बंगलादेशी संसद्ले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको हो। प्रस्तावमाथि छलफलपछि सांसदहरूले मृतकहरूप्रति सम्मान व्यक्त गर्दै संसद् बैठकमा एक मिनेट मौनधारण गरेका थिए। त्यसपछि दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो। प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए।
यसैबीच, बंगलादेशी संसद्का सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।सभामुख अहमदले शोक सन्देश जारी गर्दै विपत्तिमा ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend