जन आकाश
काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।
त्यस्तै, विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन तथा राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधारका विषयमा समेत बैठकमा छलफल हुनेछ। सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न संसदीय समिति अर्थात् उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा पनि सहमति भएको प्रवक्ता खरेलले बताएका छन्।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको अवस्थामा आगामी दिनमा गर्नुपर्ने पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सर्वदलीय समन्वय आवश्यक रहेको रास्वपाले जनाएको छ।
यसअघि पनि रास्वपाको आह्वानमा रसुवामा आएको बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा भदौ ११ गते सर्वदलीय बैठक बसेको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend