जन आकाश
काठमाडौं । दक्षिण कोरियाबाट नेपाल आएको उद्धार टोलीले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा मंगलबारदेखि खोज तथा उद्धारको काम सुरु गरेको छ।
नेपाल सरकारको अनुरोधमा नेपाल आएको दक्षिण कोरियाली उद्धार टोली रसुवाको धुन्चेमा परिचालन भएको हो। टोलीले बाढीबाट प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजी र उद्धारमा सहयोग गर्नेछ।
टोलीले बाढीपछि सम्पर्कविहीन बनेका आफ्ना ९ जना नागरिकको खोजीलाई समेत प्राथमिकतामा राखेर काम गर्ने जनाइएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य चुनौतीपूर्ण भइरहेका बेला दक्षिण कोरियाली टोलीको सहभागिताले उद्धार प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend