जन आकाश
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, सहायता तथा पुनःस्थापनाका लागि हिमालयन बैंकले ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको जनाएको छ। बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले आर्थिक सहायता उपलब्ध गराउन लागेको हो।
भोटेकोशीमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले यस घटनाले बैंक तथा बैंक परिवारलाई समेत अत्यन्तै मर्माहत बनाएको जनाएको छ।
बैंकले विपद्को यस दुःखद घडीमा प्रभावित सबैलाई धैर्य धारण गर्न आग्रह गर्दै उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र समन्वय गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।
साथै, विपद्बाट प्रभावित समुदायको साथमा रहँदै आवश्यक सहयोग गर्न बैंक सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend