logo बुधबार, भाद्र १७ २०८३ | Wednesday 2nd September 2026

भोटेकोशी–त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११३ पुग्यो, ४ हजार ८५८ सम्पर्कविहीन


  • जन आकाश
  • बुधबार, भाद्र १७ २०८३

काठमाडौं ।  भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ११३ पुगेको छ।



नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म बाढीमा परी मृत्यु भएका १ हजार ११३ जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये ३१ जना बालक, ४४ जना बालिका, २२४ जना महिला, ३९५ जना पुरुष र ४२३ जनाको लिंग पहिचान हुन सकेको छैन।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ९५ जनाको सनाखत भइसकेको छ। सनाखत भएका शव परिवारलाई बुझाइसकिएको छ भने ९११ शवको अझै पहिचान हुन सकेको छैन।

बाढीमा परी हालसम्म ४ हजार ८५८ जना सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सम्पर्कविहीन हुनेमा ४ हजार २७५ जना नेपाली नागरिक र ५८३ जना विदेशी नागरिक रहेका छन्।

बाढीपछि सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend