logo शुक्रबार, भाद्र १९ २०८३ | Friday 4th September 2026

कांग्रेसमा महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चुलिँदा अनुशासन समिति बैठक बस्द


  • जन आकाश
  • बिहिबार, भाद्र १८ २०८३

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति संघर्ष चुलिएका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ।



निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापन पक्षले अनुशासन समिति बैठक बोलाएको हो। अनुशासन समिति बैठक आज बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने तय भएको छ।

समिति सचिव दिनेश थापामगरले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ भदौ १८ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भएकोले समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देउवा पक्षले पार्टीभित्रको निर्णय प्रक्रियाभन्दा अलग्गै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने प्रयास गरेपछि त्यसबारे स्पष्टीकरण लिन अनुशासन समिति बैठक बोलाइएको स्रोतको दाबी छ।

महाधिवेशनको मिति, कार्यतालिका र पार्टीको आन्तरिक प्रक्रियालाई लिएर कांग्रेसभित्र पछिल्लो समय संस्थापन र देउवा पक्षबीच मतभेद बढ्दै गएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend