logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भोटेकोशी बाढी र उद्धारबारे प्रधानमन्त्री बालेन र कुलमान घिसिङबीच छलफल


  • जन आकाश
  • बिहिबार, भाद्र १८ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वऊर्जामन्त्री कुलमान घिसिङबीच भेटवार्ता भएको छ।



बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भइरहेको छ। भेटमा गत साता रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षति र उद्धार कार्यबारे छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले केही दिनअघि बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार अवस्थाबारे जानकारी लिएका थिए।

भोटेकोशी क्षेत्रमा निर्माण सम्पन्न तथा निर्माणाधीन गरी करिब एक दर्जन जलविद्युत् आयोजनामा बाढीबाट ठूलो क्षति पुगेको छ। ती आयोजनामा कार्यरत धेरै मानिससमेत फसेका छन्। उद्धार कार्य चुनौतीपूर्ण बन्दै गएपछि प्रधानमन्त्री शाहले घिसिङसँग यस विषयमा छलफल गरेका हुन्।

बाढी आएको ९ दिन बितिसक्दा पनि सुरुङमा फसेका मानिसहरूको उद्धारमा अपेक्षित प्रगति हुन सकेको छैन। सुरुङभित्र थुप्रिएको लेदो तथा गेग्रान हटाउन कठिनाइ भएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend