जन आकाश
काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा रहेको अभिलेख शाखामा गएराति आगलागी भएको छ।
अभिलेख शाखामा राति करिब १२ बजेतिर आगलागी भएको हो। आगलागीका क्रममा केही कागजपत्र जलेका छन्। के–कति र कुन–कुन कागजपत्र जले भन्नेबारे अहिले विवरण संकलन तथा जाँच भइरहेको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
‘बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ, के–के जल्यो हेर्दैछौं,’ कोइरालाले भने।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend