जन आकाश
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छी पुगेका छन्। अध्यक्ष ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेतलगायत नेताहरू पनि गल्छी पुगेका छन्।
बाढी प्रभावित क्षेत्रमा एमालेको भ्रातृ तथा शुभेच्छुक संगठनका स्वयंसेवकहरू उद्धार, राहत तथा सहयोगका काममा खटिएका छन्। जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन, रिटर्नी फेडेरेसनलगायतका स्वयंसेवक टोली प्रभावित क्षेत्रमा परिचालित रहेको एमाले प्रचार–प्रसार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।उनीहरू बाढी प्रभावितको उद्धार, राहत वितरण तथा आवश्यक सहयोगमा सक्रिय रहेको एमालेले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend