logo शुक्रबार, भाद्र १९ २०८३ | Friday 4th September 2026

गरिमाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मिति २०८३ भाद्र १८ गते विहीबार दिउँसो ४ः०० बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजी रु.६,०२,१३,४८,३६७.२२ (अक्षरुपी छ अर्ब दुई करोड तेह्र लाख अड्चालिस हजार तीन सय सतसट्ठी र बाईस पैसा को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गर्न निर्णय भएको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।



हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पूूजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पूूजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुने उल्लेख छ ।

काठमाण्डौंको बालुवाटारस्थित अत्याधुनिक भवनमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा ब्त्ः सहित ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend