logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

त्रिशूली,३ ‘ए’ आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार, खोज तथा उद्धार कार्य तीव्र


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।



विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको शुक्रबार बिहान सुरुङबाट जीवितै उद्धार गरिएको हो।

सुरुङभित्र अझै केही मानिस फसेको आशंका गरिएपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र प्रवेश गरी सम्भावित स्थानमा खोज तथा उद्धारमा सक्रिय रहेको छ।

बाढीका कारण आयोजनाको सुरुङ तथा आसपासको क्षेत्रमा क्षति पुगेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ। सुरुङभित्र फसेका अन्य व्यक्तिको अवस्थाबारे यकिन गर्न उद्धार टोलीले निरन्तर खोजी गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend