जन आकाश
काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई सातापछि अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने तयारीमा छन्।
प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक तयारी अघि बढाउन प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ। यद्यपि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय भने भइसकेको छैन।
यसअघि भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउने निर्णय गरेको थियो। प्रधानमन्त्री शाह सहभागी भए परराष्ट्रमन्त्री खनालसमेत उनको टोलीमा रहनेछन्।
तर पछिल्लो समय भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासशील मुलुकले भोगिरहेका विपद्का विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री स्वयं न्यूयोर्क जाने तयारीमा रहेको बताइएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीले महासभालाई उपयोग गर्नुपर्ने सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूले दिँदै आएका थिए।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा पनि प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका विपद्का विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने बेला आएको बताएका थिए।
प्रधानमन्त्रीका रूपमा शाहको यो पहिलो विदेश भ्रमण हुने भएको छ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गते न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु हुँदैछ। महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरु हुनेछ।
प्रधानमन्त्री शाह महासभामा सहभागी भए उनले उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद्, त्यसबाट भएको मानवीय तथा भौतिक क्षति र जलवायु न्याय
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend