जन आकाश
काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी तथा परिवारजन एवं बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरूले भारतको गुरुग्राम, हरियाणास्थित मेदान्ता–द मेडिसिटी अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण सेवामा विशेष छुट पाउने भएका छन्।
प्रभु बैंक र मेदान्ता–द मेडिसिटी अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालको बाह्यरंग सेवा (ओपीडी) अन्तर्गतका सबै परामर्श तथा ल्याबोरेटरी र रेडियोलोजी परीक्षणमा अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, अन्तरंग सेवा (आईपीडी) अन्तर्गत कोठाको भाडा तथा ल्याबोरेटरी र रेडियोलोजी परीक्षणमा पनि १५ प्रतिशत छुट प्रदान गरिनेछ।
सम्झौतापत्रमा मेदान्ता–द मेडिसिटी अस्पतालका तर्फबाट प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंक लिमिटेडका तर्फबाट कन्ट्री हेड–भारत सुनिल मिश्राले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।
सम्झौता १५ अगस्ट २०२६ देखि लागू भई १४ अगस्ट २०२८ सम्म कायम रहनेछ।
प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले ग्राहकलाई गुणस्तरीय तथा सहज वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
यस सम्झौतामार्फत प्रभु बैंकका कर्मचारी, परिवारजन तथा डेबिट र क्रेडिट कार्डवाहक ग्राहकहरूले भारतमा उपचार तथा स्वास्थ्य परीक्षण गराउँदा थप सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend