logo शनिबार, भाद्र २० २०८३ | Saturday 5th September 2026

एनएमबि क्यापिटलद्वारा बाढी प्रभावितलाई १५ लाख सहयोग


  • जन आकाश
  • शनिबार, भाद्र २० २०८३

काठमाडौ । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पन्ध्र लाख आर्थिक सहयोग गरेको छ । साथै, सो रकम बाहेक त्यसै संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् ।



विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटल शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछ । साथै, बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना समेत गरको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend